साहित्य

जन्मिएको दिन सम्झी हरेक दिन उत्सव बनाउन सकुँ

        -बिमला कोईराला                                                             -रचना

भरेर बुद्धत्व दीपहरुमा म शान्ति जगमगाउन सकुँ
दुखेका पिडा र घाउहरुमा मलम म लगाउन सकुँ
भोको कोही रहनु नपरोस् त्यत्ति म कमाउन सकुँ
जन्मिएको दिन सम्झी सधैं आमालाई हसाउन सकुँ

भरेर देश नसा नसामा शत्रुलाई सहजै हराउन सकुँ
कर्तव्य मै झुलिरहोस् मन फुर्सदलाई धपाउन सकुँ
सिंगार्न आफ्नै स्वदेश परदेशी दाजुभाई फर्काउन सकुँ
जन्मिएको दिन सम्झी नित्य अरुलाई हसाउन सकुँ

सर्वे भवन्तु सुखिन यो मन्त्र हरदम गाउन सकुँ
खाएर दिएर अरुलाई सन्तोषले म अघाउन सकुँ
जीवनको अर्थ बुझेर दुश्मनसँग पनि मुस्कुराउंन सकुँ
जन्मिएको दिन सम्झी हरेक दिन उत्सव बनाउन सकुँ