खेलकुद

बुन्डेस लिगा फुटबल यसै महिनाबाट सुचारु हुनेः आज मिति घोषणा गर्ने

२६ बैशाख काठमाडौं । एजेन्सी । कोरोना भाईरसको कारण स्थगित जर्मन बुन्डेस लिगा फुटबल यसै महिनाबाट सुचारु हुने भएको छ ।

जर्मनीका चान्सलर एन्जेला मर्केलले बुधबार बुन्डेस लिगा यसै महिनाबाट सुचारु हुने पुष्टि गरेकी छिन् । सरकारबाट अनुमति पाएसँगै जर्मन फुटबल लिगले बिहिबार मिति घोषणा गर्ने बताईएको छ ।

तर, लिगका बाँकी खेल बन्द रंगशालामा दर्शक बिना खेलाईने छ । कोरोनाले महामारीको रुप लिएपछि गत मार्चबाट जर्मनीको लिग स्थगित गरिएको थियो । महामारी कम हुँदै गएपछि लिग पुनस् सुचारु गर्ने तयारी गरिएको हो । यस सँगै कोरोनाले स्थगित लिग सुचारु हुने बुन्डेस लिगा पहिलो लिग हुने भएको छ ।

यस सिजन वायर्न म्युनिख शीर्ष स्थानमा रहेको छ । वायर्नले ५५ अंक जोडेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्ड ५१ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

कोरोनाको कारण जर्मनीमा ६ हजार बढीको मृत्यु भईसकेको छ । कोरोनाकै कारण जर्मनीको छिमेकी देश नेदरल्यान्ड्स र फ्रान्सको शीर्ष डिभिजन लिग रद्द भईसकेको छ ।