अन्तर्राष्ट्रिय

कोरोनाः झण्डै १३ लाख निको, मृत्यु २ लाख ६४ हजार नाघ्यो, ३८ लाख १८ हजार वढी संक्रमीत

२५ बैशाख काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ३८ लाख १८ हजार ८ सय ३७ पुगेको छ । संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ १२ लाख ६२ हजार ९ सय ३३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

वल्र्ड मिटरको बिहिबार बिहान साढे ६ बजेको तथ्यांक अनुसार स्पेनमा २ लाख ५३ हजार ६ सय ८२, इटालीमा २ लाख १४ हजार ४ सय ५७, बेलायतमा २ लाख १ हजार १ सय १, फ्रान्समा १ लाख ७४ हजार १ सय ९१, जर्मनीमा १ लाख ६८ हजार १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

। विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ६४ हजार ८ सय १५ पुगेको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ७४ हजार ७ सय ९९ को मृत्यु भएको छ । त्यस्तै, बेलायतमा ३० हजार ७६, इटालीमा २९ हजार ६ सय ८४, स्पेनमा २५ हजार ८ सय ५७, फ्रान्समा २५ हजार ८ सय ९ जनाको मृत्यु भइसकेको छ । विश्वभर १२ लाख ९९ हजार २ सय ४४ संक्रमणमुक्त भइसकेका छन् ।

संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ १ लाख ८९ हजार ९ सय १० जना संक्रमणमुक्त भएका छन्। त्यस्तै जर्मनीमा १ लाख ३७ हजार ६ सय ९६, स्पेनमा १ लाख २६ हजार २ जना संक्रमणमुक्त भएका छन् । नेपालमा पनि ९९ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये २२ जना संक्रमणमुक्त भएका छन्।