समाचार

धनराजको प्रश्नः जनतालाई ५ किलो चामल दिने तर पानी जहाजलाई डेढ करोडको गाडी ?

२४ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले लकडाउनको वेला मजदूरलाई राहत ५ किलो चामल! तर पानी जहाज कार्यालयलाई डेढ करोडको नयाँ गाडी किन्ने ? भन्दै प्रश्न गरेका छन् । उनले सरकारसँग आक्रोस पोख्दै अब गरीब जनताको अस्थिपन्जर पनि बाँकी नराख सरकार भनेका छन् ।

यसका साथसाथै नेता गुरुङले यो लकडाउनको मौका छोपेर एउटा ग्याँसपाइप कार्यालय पनि स्थापना गरौं र डेढ करोडको अर्को गाडी पनि किनौं। भन्दै ब्यंग्य पनि गरेका छन् ।

आजमात्र पानीजहाज कार्यालयले गाडी खरिद गर्ने भन्दै बोलपत्र आह्वजानसहित पत्रिकामा सूचना प्रकाशन गरेपछि उक्त कुराको सर्बत्र बिरोध हुँदै आएको छ । त्यसै क्रममा नेता गुरुङको पनि उक्त कुरा गलत भन्दै प्रतिकृया आएको हो ।

नेता गुरुङको आफ्नै शब्दमाः  लकडाउनको वेला मजदूरलाई राहत ५ किलो चामल! तर पानी जहाज कार्यालयलाई डेढ करोडको नयाँ गाडी किन्ने ? लुछ सरकार लुछ। गरीब जनताको अस्थिपन्जर पनि बाँकी नराख१ २जभििय)कबचपबच यो लकडाउनको मौका छोपेर एउटा ग्याँसपाइप कार्यालय पनि स्थापना गरौं र डेढ करोडको अर्को गाडी पनि किनौं। ‘बयलगाडातन्त्र’