राजनीति

बीचैमा प्रधानमन्त्री हिँडेपछि नेकपामा भाँडभैलो, स्थायी समितिमा दुबै पदबाट राजीनामा माग्ने तयारी

२४ बैसाख, काठमाडौं । आज बसेको नेकपा सचिवालय बैठक बिबादका कारण पुरा हुन सकेन । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मँ ओली बैठकको बिचमा नै आराम गर्न भनि निस्किएपछि बैठक अनिश्चित भएको समाचार छ । पावर सेयररिङका बिषयमा पुर्ब सहमती अनुसार प्रधानमन्त्री ओली र अध्यक्ष दहालबीच सहमती हुन नसकेका कारण बैठक स्थगीत भएको जनाईएको छ ।

ओलीलाई अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग्दै आएका नेकपा अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बाबदेब गौतम लगायतले पछिल्लो समय कुरा मिलेको बताउँदै आएका थिए । कुरा मिलेको बताएपनि आजको सचिवालय बैठकको बैठक बिना निश्कर्ष टुंगिएपछि बिहीबार ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा हुने भनिएको नेकपाको स्थायी समिति बैठक पनि अनिश्चित देखिएको छ ।

स्थायी समिति बैठक माग गर्दै आएका प्रधानमन्त्री ईतरका नेकपा नेता रघुजी पन्तले आज अध्यक्ष ओली र दहालबीच बिहानै बिहीबार ११ बजे स्थायी समिति बैठक बस्ने सहमती भएक जानकारी दिएका छन् । दुई अध्यादेश पार्टीलाई नसोधी ल्याएको भन्दै पार्टीभित्र तीब्र आलोचीत भएका प्रधानमन्त्री ओली बामदेब गौतमलाई प्रधानमन्त्रीको कार्डा फाल्ने र माफी माग्ने काम गरेपछि केही बचेका थिए । आजको सचिवायल बैठकले सचिवालय सदस्य बामदेब गौतम पनि बिच्किएको हुनसक्छ । आजै अध्यक्ष दहाललाई भेट्न नेता गौतम बिहान दहाल निवास गएका थिए । यसबाट स्थायी समितिमा सदस्यहरुले प्रधानमन्त्रीको तीब्र बिरोध गर्ने देखिएको छ ।

प्रधानमन्त्री र अध्यक्ष दुर्ब पदबाट उनको राजीनामा स्थायी समितिमा मागिने देखिएको छ, उनीहरुले आन्तरिक रुपमा उक्त तयारी गरिरहेको नेताहरु बताउँछन् । स्थायी समिति लगत्तै केन्द्रीय समिति बैठक बोलाउन समेत दबाब श्रृजना हुँदै गएको नेकपा बृतको राजनीतिक परिस्थितिमा ओलीलाई प्रधानमन्त्री पद फलामको चिउरा चपाउनु सरह हुनसक्ने देखिन्छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगायतबाट काण्डै काण्ड र भ्रष्टाचारै भ्रष्टाचारको आरोप लागेका ओलीले राजीनामा समेत दिन सक्नेछन् ।