पु.समाचार

अन्तर जिल्ला आवागमन नियन्त्रण गर्दै लकडाउन खुकुलो गर्न अध्यक्ष थापाको आग्रह

२४ बैसाख, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले आज सरकारले १० दिन लकडाउन अबधी बढाएसंगै प्रभावित क्षेत्रको वर्गिकरण गरि लकडाउन खुकुलो गर्न समेत सरकारको ध्यान जानुपर्ने बताएका छन् ।

उनले ट्वीट गर्दै कोरोना संक्रमण परिक्षणको दायरा बृद्धि, विपन्न परिवारलाई नगद आर्थिक सहयोग लगायतका कुराहरुमा ध्यान दिनुपर्ने बिचार राखेका छन् । अध्यक्ष थापाले अन्तर जिल्ला आवागमन नियन्त्रण गर्दै ब्यावशायीक क्षेत्र कृषी, पर्यटन, सानारमझौला उद्योगलाई राहत व्यवस्थाको लागि तत्काल कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।

अध्यक्ष थापाकै शब्दमाः
लकडाउनको अवधि बढाउने घोषणा संगैः परिक्षणको दायरा बृद्धि, विपन्न परिवारलाई नगद आर्थिक सहयोग, बिदेशमा अलपत्र नेपालीको उद्धार, कृषी, पर्यटन, सानारमझौला उद्योगलाई राहत व्यवस्था, अन्तर जिल्ला आवागमन नियन्त्रण, प्रभावित क्षेत्रको वर्गिकरण गरि लकडाउन खुकुलो गर्न समेत सरकारको ध्यान जाओस