खेलकुद

बार्सिलोनाका खेलाडीको आज कोरोना परिक्षण गरिँदै

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले आफ्ना खेलाडीमा कोरोना भाईरसको परिक्षण गरिँदै छ । बार्सिलोनाले टिमको प्रशिक्षण सुरु गर्नु अघि खेलाडीमा कोरोनाको जाँच गरेको हो ।

बार्सिलोनाले मंगलबार एक प्रेस विज्ञप्ति निकाल्दै बुधबार खेलाडीको कोरोना परिक्षण गरिने  जनाएको छ । स्पेनको सरकारले अनुमति दिएपछि स्पेनिस क्लबले प्रशिक्षण सुरु गरेको छ । तर, खेलाडीले सामाजिक दुरीलाई कायम गर्दै व्यक्तिगत अभ्यास गरिरहेका छन् ।

कोरोनाले स्थगित ला लिगा जुनमा सुचारु गर्ने तयारी गरिएको छ । गत मार्चबाट लिग स्थगित गरिएको छ । यस सिजन लिगमा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । रियल मड्रिड भन्दा बार्सिलोना २ अंकले मात्र अघि रहेको छ । लिगमा अब ११ चरणको खेल खेल्न बाँकी रहेको छ ।