राजनीति

देशमा कम्युनिष्ट लुटतन्त्र पराजित गर्न बलियो प्रजातान्त्रिक शक्ति आवश्यकः अध्यक्ष थापा

२३ बैसाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बढदो कम्युनिष्ट प्रभाव र लुटतन्त्र पराजित गर्नसक्ने बलियो प्रजातान्त्रिक शक्ति देशमा अहिले आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष थापाले कम्युनिष्टको एजेण्डा बोक्ने प्रमुख प्रतिपक्षले यो काम गर्न नसक्ने ठोकुवा गर्दै नयाँ र बलिायो शक्ती राष्ट्रवादी सोच अनि सुशासन र आर्थिक सम्बृद्धिको भिजन पनि भएको हुनुपर्ने जिकिर गरेका छन् ।

अध्यक्ष थापाले राष्ट्रबादी शक्ती एक हुनुपर्ने बताउँदै नेपाली काँग्रेस पार्टी, शुभचिन्तक तथा राजनीतिक बृतमा कम्युनिष्ट भन्दा कंग्रेसको फरक एजेण्डा केछ? भन्ने प्रश्न पनि सोधेका छन् ।

अध्यक्ष थापाको ट्वीटः बढदो कम्युनिष्ट प्रभाव र लुटतन्त्र पराजित गर्नसक्ने बलियो प्रजातान्त्रिक शक्ति देशमा अहिले आवश्यक छ। जो राष्ट्रवादी होस् र जसमा सुशासन र आर्थिक सम्बृद्धिको भिजन पनि होस्। कम्युनिष्टको एजेण्डा बोक्ने प्रमुख प्रतिपक्षले यो काम गर्न सक्दैन। कम्युनिष्ट भन्दा कंग्रेसको फरक एजेण्डा के छ?