राजनीति

महामारीमा पनि साँसद विकास कोष खारेज गर्न नमान्ने साँसद होईनन् जनविरोधी हुन्ः गुरुङ

२३ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले निर्बाचन क्षेत्र खारेज गर्न नमान्ने साँसदहरु जनप्रतिनिधि नभएर जनबिरोधी भएके बताएका छन् । उनले आफूले साँसद हुँदाखेरी नै निर्बँचन क्षेत्रको साँसद विकास कोष खारेज गर्न माग गरेको स्मरण गराउँदै त्यसबेला आफू एक्लो बरेको बताएका छन् ।
उनले सांसदहरुले कानून बनाउने हो। सांसदहरु विकासे प्रतिनीधि होइनन् भन्दै यत्रो महामारी चल्दा समेत सांसद विकास कोष चाहिन्छ भन्नेहरु जनप्रतिनिधि नभै जनबिरोधि हुन् भन्ने बाक्याँस दोहोर्याएका छन् । पछिल्लो समय साासद विकास कोष नै खारेज गर्नुपर्छ भन्ने माग बढ्नै गएका बेला नेता गुरुङको प्रतिकृया आएको हो ।

नेता गुरुङको भनँईमः ‘सांसदहरुले कानून बनाउने हो। सांसदहरु विकासे प्रतिनीधि होइनन्। निर्बाचन क्षेत्र सांसद विकास कोष खारेज गर्नुपर्छ।’ यो वाक्यांश म सांसद भएकै वेला मैले संसदमै वोलेको थिएँ। तर म एक्लो परेको थिएँ। यत्रो महामारी चल्दा समेत सांसद विकास कोष चाहिन्छ भन्नेहरु जनप्रतिनिधि नभै जनबिरोधि हुन्।