पु.समाचार

नारायणकाजीको शंकाः पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ?

२३ बैशाख काठमाडौं । सत्तारुढ देल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको विषयमा विभिन्न भ्रामक समाचारहरु आईरहेको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत प्रवक्ता श्रेष्ठले पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरी हरुलाई सच्च्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछी हिजो देखि फेरि फेरी झुटा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेको भन्दै पार्टि फुटाउने षड्यन्त्रमा कोहि लाग्दैछ भन्ने आसंका व्यक्त गरेका छन् ।

उनले पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ भन्ने प्रशन गर्दै सचेत हुन सबैलाई आग्रह गरेका छन् । साथै प्रवक्ता श्रेष्ठले २० गतेको सचिवालय वैठकको निश्कर्ष लागू गर्न सबैलाई सचेत गराएका छन् ।

 

उनको ट्वीटः हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरी हरुलाई सच्च्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछी हिजो देखि फेरि झुटा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेका छन् । पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ? सचेत होऔं । २०गतेको सचिवालय वैठकको निश्कर्ष लागू गरौं । अन्यथा नगरौं ।