प्रवास

साउदीमा एक नेपालीको कोरोनाका कारण मृत्यु

२३ बैशाख काठमाडौं । साउदी अरबमा एक नेपालीको कोरोनाको कारण मृत्यु भएको छ । रोजगारीका लागि साउदी गएका ईटहरीका लिलामाण्न कटुवालको मृत्यु भएको हो ।

कोरोनाले पुरै हवाई यातायात बन्द भएका कारण ५१ वर्षिय कटुवालको शव नेपाल नआउने भएपनि मंगलबरदेखी काज किरीया सुरु गरिएको परिवारले जानकारी दिएका छन् ।

उनि एक वर्ष अघि छोराको ब्रतबन्धमा नेपाल आएका थिए । साउदीमा हँदा आफु कोरोना संक्रमीत भएको १६ दिनअघि घर परिवारलाई जानकारी गराएका उनि त्यस्पस्चात ७ दिनअघि भिडियो कलमा आएपछि परिवारको सम्पर्क बाहिर थिए ।

कटुवालका २५ र २२ वर्षीया दुई छोरी र १४ वर्षका एक छोरा छन्।