पु.समाचार

एकैदिन १५ जनामा कोरोना देखिएपछि नेपालगंजमा २५ गतेसम्म कफ्र्यू आदेश

२२ बैसाख, नेपालगंज । १५ जनालाई कोरोना संक्रमण देखिएको प्रदेश नम्बर ५ को उपमहानगरपालीका नेपालगंजमा कफ्यू जारी गरेको छ । आज बसेको जिल्ला प्रशासन कार्यालयको सर्बदलीय बैठकले मंगलबार बिहान ११ बजेदेखी २५ गतेसम्म कफ्र्यू लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कुमार खड्काले आज प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको सल्लाह अनुसार निर्णय गरेको बुझिएको छ । ९० जनाको स्वाव परीक्षण गर्दा १५ जनामा कोारेना संक्रमण भेटिएको थियो । अझै उक्त स्थानमा ३० जनाको रिपोर्ट आउन बाँकी रहेको डा गिरिले जानकारी दिएका छन् । संक्रमीतलाई शुसिल कोईराला क्यान्सर अस्पतालको आईसेलेशनमा राखिएको र अवस्था सामानय भएपनि एकैदिन १५ जनामा देखिएको कोरोना संक्रमणले अवस्था थप जटिल बनेको छ ।