समाचार

बाबुराम/हिशिला/बिश्वदीप/आङ्काजी बिरुद्ध पनि नेकपा भातृसंगठनको साईबर क्राईम मुद्धा दर्ता

२२ बैसाख, काठमाडौं । नेकपा भातृ संगठन युवा संघले पनि आज सरकारी वकीलको कार्यालय काठमाडौंमा डा बाबुराम भट्टराई, हिशिला यमी, आङकाजी शेर्पा र विश्वदीप पाण्डे बिरुद्ध साईबर क्राईम मुद्धा दर्ता गरेको छ । आजै डा सुरेन्द्र यादबलाई महेश बस्नेत, सर्वेन्द्र खनाल र किाश्न श्रेष्ठले अपहरण गरेको भन्दै डा सुरेन्द्र यादबका तर्फबाट दर्ता गरिएको भएपनि चार जना बिरुद्ध साईबर क्राईम मुद्धा दर्ता भएको छ ।

आजै साँसदद्वय महेश बस्नेत, किशान श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनालले आफूहरुलाई अपहरण मुद्धामा डा सुरेन्द्य्र यादबले फसाएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका थिए ।

मुद्धा दर्ता गर्न राष्ट्रिय युवा संघ नेपालका नेता संजिव कुमार सुरज, अनेराश्वबस्यूका नेता नारायण घर्ती लगायत सरकारी वकस्लको कार्यालय काठमाडौ गएको नेकपा युवा नेता रमेश आचार्यले बताए । सोमबार दर्ता भएके मुद्धा दर्तँ नम्बर १०४९ रहेको जानकारी दिएका छन् । पुर्ब प्रधानमन्त्री डा भट्टराईसहितका नेताहरुलाई बिद्युतीय (इलोक्ट्रोनिक)कारोबार ऐन २०६३ को दफा ४७,५३,५४,५८९क०,७४ अनुसार कसुर दाबी गर्दै कारबाहीको माग गरिएको छ।