पर्यटन/संस्कृति

असोज मसान्तसम्म ठूला होटल बन्द, कर्मचारीलाई आधारभूतको १२.५ प्रतिशत तलब दिईने

२२ बैसाख, काठमाडौं । बैसाख १ गदेदेखी बन्द रहेका ठूला होटलहरुले आगामी असोज मसान्तसम्मका लागि होटलहरु बन्द गर्ने निर्णय गरेका छन् । होट संघ नेपालकी अध्यक्ष श्रृजना राणाको अध्यक्षतामा आईतबार बसेको बैठकले कोटलमा कार्यरत कर्मचारीहरुलाई आधारभूत तलवको १२.५ प्रतिशत उपलब्धगराउने निर्णय समेत गरेको छ ।
संघले उनीहरुले उक्त १२.५ प्रतिशत तलव लिन नमानेमा कर्मचारी कटौतीको नियम अनुसार जागीरबाट बर्खास्तगी गरिने समेत निर्णय गरेको छ । लकडाउनका कारण पर्यटनक्षेत्र धराशायीमात्र छैन शुन्यप्रायः कारोबार भएका कारण पर्यटन ब्यावशायीहरु मारमा छन् ।
सरकारले मजदुरलाई तत्काल ५० प्रतिशत र बाँकी बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिएर तलव बितरण गर्न सरकारले निर्णय गरेको भोलिपल्ट होटल संघको उक्त निर्णय आएको हो । बन्द हुने होटलहरुमा अन्नपूर्णहोटल दरबारमार्ग, र्याडिसन होटल लाजिम्पाट, अलफ्ट होटल ठमेल लगायत छन् । बिस्तारै उक्त निर्णय सबै होटलले लागू गर्ने सम्भावना देखिन्छ ।