सामाजिक सञ्जाल

कम्युनिष्टको लेनिनवादी संगठनको स्वरूप राज्य दोहनका लागि प्रभावकारीःडा आचार्य

२२ बैसाख, काठमाडौं । साझा पार्टीका प्रवक्ता एबम् विज्ञ सुर्यराज आचार्यले नेपालमा कम्युनिष्ठ पार्टीको लेनिनवादी संगठनको स्वरूप राज्य दोहनकालागि प्रभावकारी बन्दै आएको दाबी गरेका छन् । उनले लोकतान्त्रिक या संसदीय प्रणाली भित्र दलीय राजनीतिको अभ्यास विभिन्न देशमा फरक–फरक हुने बताउँदै गैर वाममन्थि पुराना र नयाँ दल समेत जानि–नजानि चल्तीको यस्तो लेनिन्बादी संगठनको विकृत स्वरुपको प्रणालीलाई अँगाल्दै आएको बताएका छन्।

डा आचार्यको आफ्नै शब्दमाः लोकतान्त्रिक या संसदीय प्रणाली भित्र दलीय राजनितिको अभ्यास विभिन्न देशमा फरक–फरक पाईन्छ। नेपालमा भने कम्युनिष्ठ पार्टीको लेनिनवादी संगठनको स्वरूप राज्य दोहनकालागि प्रभावकारी बन्दै आएको छ। गैर वाममन्थि पुराना र नयाँ दल समेत जानि-नजानि चल्तीको यस्तो विकृत प्रणालीलाई अँगाल्दै छन्।