राजनीति

महामन्त्री खड्काको चेतावनीः कोरोना भुसको आगो जस्तै दन्कन बेर छैन, सरकार चेतना भया !

२२ बैशाख काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काले मुलुकमा तिब्र गतिमा फैलँदै गएको कोरोना माहामारीमा सरकारले गरेको लापरबाहि प्रति कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता खड्काले उदयपुरमा समुदायमा बिस्तारित कोरोनाबाट नचेतेको सरकार अब बांकेमा नेपाली समुदायमा देखिएको कोरोनाको डरलाग्दो संक्रमणबाट होस त खोल बेहोसि सरकार भन्दै सरकारलाई सचेत गराएका छन् ।

साथै उनले अब पनि पिसिआर किट्सको अभावको खवर सुन्दा सरम भन्ने चिज छैन सरकार भन्दै ओली सरकारलाई प्रश्न गरेका छन् । उनले कोरोना संक्रमण भुसको आगो जस्तै दन्कन सक्ने भन्दै सरकारलाई बेलैमा सचेत हुन आग्रह गरेका छन् । आईतबार  प्रदेश नम्बर ५ को नेपालगञ्जमा एकैपल्ट १५ जनामा कोरोना देखिएको थियो ।

तर प्रदेश पाँचका केहि स्थानमा कोरोना परिक्षण गर्ने किट अभाव भएर परिक्षण रोकिएको भन्ने समाचारहरु आईरहेका छन् । यस्तो अबस्थामा परिक्षणको दायरा वढाउनु पर्नेमा किटको अभावका कारण परिक्षण रोकिनु गलत भएको उनको बुझाई छ ।

उनको ट्वीटः उदयपुरमा समुदायमा बिस्तारित कोरोना बाट नचेतेको सरकार अब बांकेमा नेपाली समुदायमा देखिएको कोरोनाको डरलाग्दो संक्रमणबाट होस त खोल बेहोसि सरकार ? अबपनि PCR किट्सको अभावको खवर सुन्दा सरम भन्ने चिज छैन सरकार ? कोरोना संक्रमण भुसको आगो जस्तै दन्कन बेर छैन ? सरकार चेतना भया !