सामाजिक सञ्जाल

डा भट्टराई स्मरण गराउँछन्ः हिटलरसंग स्टालिनले सम्झौता गर्दा के भएथ्यो !

२२ बैशाख काठमाडौं । जनता समाजवादीका नेता तथा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टी भित्रको युद्ध/विराम चासोको विषय नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीका अपराधबारे चासो हुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वी मार्फत डा भट्टराइले कोरोनाको वेला पार्टी फुटाउने र संवैधानिक अंग कब्जा गर्ने अध्यादेश, सांसद अपहरण, स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार आत्मालोचनाबाट चोखिने कुरा हैनन् भनेका छन् ।

उनले ओलीलाई स्मरण गराउँदै हिटलरसंग स्टालिनले सम्झौता गर्दा के भएथ्यो भन्दै प्रश्न गरेका छन् ।

 

उनको ट्वीट्ः पार्टी भित्रको युद्ध/विराम हाम्रो चासोको विषय हुन्न ! तर प्रमका गल्ती र अपराधवारे चासो हुन्छ । कोरोनाको वेला पार्टी फुटाउने र संवैधानिक अंग कब्जा गर्ने अध्यादेश, सांसद अपहरण, स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार आत्मालोचनाबाट चोखिने कुरा हैनन् ! सम्झौ हिटलरसंग स्टालिनले सम्झौता गर्दा के भएथ्यो !