अन्तर्राष्ट्रिय

कुवेतमा कोरोना संक्रमीत नेपालीको संख्या बढ्दैः ८४ जनामा देखियो संक्रमण

२२ बैशाख काठमाडौं । कुवेतमा कोरोना संक्रमीत नेपालीको संख्या बढ्दै गएको छ । त्यहाँ कोरोना संक्रमीत नेपालीको संख्या ८४ पुगेको छ । पछिल्लो समय ९ जना नयाँ संक्रमीत थपिएसंगै संक्रमीतको संख्या ८४ पुगेको हो ।

दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको छ । ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोना फैलिन नदिन र यसको प्रभावबाट मुक्त रहन अपनाउनुपर्ने सतर्कता अपनाउन तथा कोरोनाको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि दूतावासले भनेको छ ।

कोरोना संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भएर कठिनाइ उत्पन्न भएमा दूतावासमा, कम्पनीमा वा रोजगारदाता व्यवस्थापन पक्षसँग सम्पर्क गर्न दूतावासले भनेको छ ।

विभिन्न रोजगारीका लागि मुलुक बाहिर रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ । भने संक्रमीत केहि उपचारपछि निको भएका छन् भने केहीले ज्यान समेत गुमाईसकेका छन् ।