पु.समाचार

धनराज टिप्पणीः काँग्रेसको बिबाद मिलाउन चीन/भारत चाहिँदैन, त्यसैले काँग्रेस हुनुमा गर्व छ

२१ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरगंले शनिबारको नेकपा सचिवालय बैठकमा एकाएक भएको बिबाद मोडिएको तर्फ ध्यानाकर्ष गरेका छन् । उनले चीनका राजदूतले रातारात प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका दोस्रा अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई भेटेर नेकपा भित्र बिबाद नगर्न दबाब दिएको संकेत गर्दै कांग्रेसको बिबाद मिलाउन उत्तर-दक्षिण कुनै बिदेशी शक्तिले हाम्रो नेताहरुको हात समाएर मिलाई दिनु पर्दैन भनेका छन् ।

नेता गुरुगंले कहिलेकाँही काँग्रेसभित्र बिबाद हुने जनाउँदै उक्त बिबाद मिलाउन लामो समय लागेपनि काँग्रेसभित्र नै छलफल गरी बिबाद मिलाउने दाबी गरेका छन् । उत्तर, दक्षीण वा पश्चिमले हस्तक्षेप गरी बिबाद मिलाउनुपर्ने कम्युनिष्ट हुनुभन्दा आफ्नो बिबाद आफैंमिलाउने नेपाली काँग्रेस पार्टीको सदस्य हुनुमा आफूलाई गर्व भएको बताएका छन् ।

नेता गुरुगंले नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठक बिना नै ल्याएका दुई बिधेयकका बिषयमा भएको शीष नेताहरुको बिबाद उत्कर्शमा पुग्दा चीनीया राजदूतले नेताहरुलाई एक एक भेटेको बिषयलाई पार्टी मिलाउन चीनले भूमिका खेलेको तर्फ संकेत गर्दै टिप्पणी गरेका हुन् । उनको काँग्रेसमा भएका बिबाद मिलाउन उत्तर दक्षीण भन्दै चीन र भारत भनेका हुन् ।

धनराजको शब्दमा: कांग्रेस पार्टीमा बिबाद भइरहन्छ। तैपनि कांग्रेस हुनुमा गर्व छ किनकी कांग्रेसको बिबाद मिलाउन उत्तर-दक्षिण कुनै बिदेशी शक्तिले हाम्रो नेताहरुको हात समाएर मिलाई दिनु पर्दैन। कहिलेकाहीं पार्टी भित्र उठ्ने बिबाद मिलाउन लामो समय लाग्ला तर हामी आफै मिलाउँछौं। जयनेपाल।