राजनीति

माधव नेपाल र प्रचण्ड आए साईजमा, पुरा पाँच बर्ष ओली नै प्रधानमन्त्री!

२० बैसाख, काठमाडौं । नेकपा सचिवालय बैठक चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको सचिवालय बैठकमा आज नेकपाका अध्यक्ष पुष्पकमल दहाललाई पनि अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले छेउमा नै राख्ने ब्यवस्था गरेका छन् ।

यसभन्दा अगाडीका बैठकमा अन्य सदस्यहरु रहने स्थानमा नै राखेका ओलीले आज भने प्रधानमन्त्री पद नै समस्यामा पर्ने देखिएको थियो तर आजको राजनीति फरक देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्छ भन्ने सचिवालय सदस्य बामदेब गौतमलाई कोरोनापछि प्रधानमन्त्री बनाउन १७ गतेको स्थायी समिति बैठकमा प्रस्ताव गर्ने प्रधानमन्त्री ओलीले आज राष्ट्रपति बिद्यादेबी भण्डारीलाई बैठक बस्नु अगाडी भेट गरेका छन् ।

यसका साथसाथै प्रधानमन्त्रीमा समर्थन राखिराख्न अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता माधबकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनालसँग बैठक अगाडी नै पनि छुट्टाछुट्टै भेट गरेका थिए । आजको बैठकमा अप्ठ्यारो परेपछि अध्यक्ष पुष्पकमल दहाललाई संगै कुर्शी राखेको टिप्पणी अध्यक्ष दहाल निकटका नेताहरुले लगाएका छन् । अध्यक्ष ओली कुनैपनि हालतमा प्रधानमन्त्री रहन चाहन्छन् भन्ने दृष्टान्त आजको अध्यक्ष दहालसँग उनले गरेको ब्यवहारले देखाउँछ ।

अध्यक्ष ओलीले कुर्शी फरक गरेको कुरामा अध्यक्ष दहाल पक्षको असन्तुष्टी रहेको कुरा समाचारमा आएको थियो, यसबाट नेकपामा शक्ती खोजीरहेका माधब कुमार नेपाललाई साईजमा ल्याउन प्रधानमन्त्रीले अध्यक्ष दहाल कार्ड प्रयोग गरेको देखियो भने बामदेब गौतमलाई केही समय प्रधानमन्त्रीको पदमा भुल्याउन अर्को कार्ड प्रयोग गरेको राजनीतिक बृतमा बिश्लेषण हुने गरेको छ ।

पछिल्लो समय दुई अध्यादेश ल्याउँदा पार्टीभित्र छलफल नै नगरी ल्याएको भन्ने तीब्र आन्तरिक बिबाद भईरहेका बेला शक्ती सन्तुलनमा राखेर आफैं शक्तीमा रहिरहने राणनीति स्वरुप प्रधानमन्त्रीले ल्याएको कुर्शी र प्रधानमन्त्री कार्डले कत्तिको काम गर्छ त्यो हेर्न बाँकी नै भएपनि सचिवालय सदस्यमा अध्यक्ष ओलीपछि प्रधानमन्त्रीको प्रवल दाबेदारका रुपमा रहेका अध्यक्ष दहाल, बरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष बामदेब गौतमबिच तत्कालका लागि एकअर्काबिच पावर सेयरिङका बिषयमा फुट ल्याउने काममा भने उनी सफल भएका छन् ।

अझै केही समयका लागि प्रधानमन्त्रीमा केपी शर्मा ओली नै रहन्छन् भन्ने संकेतको बिजारोपण समेत ओलीले र उनको टिमले गर्न सफल भएको छ । केही समय टिकेपछि पाँच बर्ष पुरा नै टिक्न सक्ने सम्भावना बलियो रहेको ओली निकट नेताको भनाई छ । उनका अनुसार तत्कालको संकट टार्न सकेमा प्रधानमन्त्री ओली पाँच बर्ष टिक्न सक्छन् तर तत्कालको समयमा भने प्रधानमन्त्ती बिपक्षीबाट मात्र होईन आन्तरिक रुपमा नै घेराबनदीमा छन् ।

राजनीतिक जोडघटाउ गरी आफू सत्तामा बसिरहन खोज्नु नौलो कुरा होईन, उनले सचिवालयको बैठकपछि स्थायी समिति बैठक पनि बोलाउने सम्भावना बलियो छ, आजको बैठक सफल भएमा ओली अझै बाँकी समयका लागि प्रधानमन्त्रीमा टिकिरहने निश्चित देखिएको छ ।

-आजको सचिवालय बैठकमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दहाल