लुम्बिनी

महिला सामुदायिक द्वारा दोश्रो चरणको राहात वितरण सुरु

दाङ, वैशाख २० । महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड घोराही दाङले दोश्रो चरणको राहात वितरण सुरु गरेको छ । बिश्वब्यापी रुपमा फैलियको कोभिड—१९ तथा कोरोना भाइरसका कारण भएको लकडाउन वाट समुदायले भोग्नु पारेको समस्या कम गर्ने उदेश्यका साथ संस्थाले दोश्रो चरणको सहयोग प्रदान गर्न सुरु गरेको संस्था प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकारी दिएकी छिन् ।

प्युठान र दाङका स्थानिय तह वाट पहिलो चरणको राहात वितरण सुरु गरेको संस्थाले दोश्रो चरण अन्तरगत सल्यान र रोल्पामा राहात प्रदान गरिरहेको छ । दोश्रो चरण अन्तरगत संस्थाले सल्यानका शारदा र बाघचौर नगरपालिका, रोल्पाको त्रिवेणी गाउँ पालिका र दाङको घोराही उप–महानगरपलिकालाई सहयोग प्रदान गरेको संस्थाका बरिष्ठ प्रबन्धक लोकमणी रेग्मीले जानकारी दिए ।

दोश्रो चरण अन्तरगत संस्थाका बरिष्ठ प्रबन्धक पवन योगीले घोराही उप–महानगरपालिकाको बिपत ब्यवस्थापन कोषमा जम्मा हुनेगरी बडा नंं.१७ का वडा अध्यक्ष खोपीराम चौधरीलाई संस्थागत रुपमा १६ हजार एक सय रुपैयाँको खाद्यान्न प्रदान गरेका छन् ।

त्यसैगरी सल्यानको शारदा नगरपालिकाको बिपत ब्यवस्थापन कोषमा जम्मा हुनेगरी संस्थाका कनिष्ठ अधिकृत शरद गिरीले नगर प्रमुख सुरेश अधिकारीलाई संस्थागत रुपमा २० हजार नगद प्रदान गर्नु भएको छ भने बाघचौर नगरपालिकाको बिपत ब्यवस्थापन कोषमा जम्मा हुनेगरी संस्थाका कनिष्ठ अधिकृत नम बहादुर केसीले ३० हजार रुपैयाँ प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतलाई संस्थागत रुपमा प्रदान गरेका छन् ।

संस्थाले रोल्पाका त्रिवेणी गाउँपालिकालाई ३० हजार नगद सहयोग प्रदान गरेको छ । त्रिबेणी गाउँपालिका रोल्पाको बिपत ब्यवस्थापन कोषमा जम्मा हुनेगरी गाउँपालिका प्रमुख शान्त कुमार बलीलाई संस्थाका कनिष्ठ अधिकृत केशब शर्माले ३० हजार आर्थिक सहयोग प्रदान गरेका हुन् ।

यसै गरि अन्य स्थानिय निकायसगँ समन्वय गरि आर्थिक तथा अन्य सहयोग गर्ने संस्थागत लक्ष्य रहेको संस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीले जानकारी दिएकाछन् ।