डा भिम रावल – कविता
संसारकै मजदुर एक हौं भन्ने भावना नटुटोस्
कम्युनिष्टपार्टी श्रमिकको झण्डा कहिलै नझुकोस्
पाईतलाहरु नचिरिउन कस्कै वास्थानको खोजिमा
देशको धन नरहोस् कहिलै भ्रष्टको गोजीमा
एकता संधै सबल बनोस् सामुहिक वुद्धि होस्
मिलेर वढ्ने देशका लागि सामुहिक सुद्धि होस्
टुट्ने र फुट्ने मनसाय जति सबै नष्ट हुन्
नेपाल आमा श्रमिकसंगै सदैव खुशी हुन्
( भिम रावल नेकपाका नेता तथा सुदुरपस्चिम प्रदेशका संयोजक हुन्)