राजनीति

दक्षिण, उत्तर र पश्चिम जहॉको भएपनि बिदेशी हस्तक्षेप अस्वीकार्यः अध्यक्ष थापा

२० बैसाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दक्षिण, उत्तर र पश्चिम जहॉबाट भएपनि आन्तरिक मामिलामा हस्तक्षेप स्विकार्य नहुने बताएका छन् ।

अध्यक्ष थापाले १२ बुंदे र ६२/६३ को त्रुटिपूर्ण मार्गचित्रको परिणामस्वरुप नेपाल अन्तराष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्न सक्ने खतरावारे राप्रपाले १४ बर्षदेखि निरन्तर आवाज उठाउंदै आएको जानकारी दिँदै पछिल्लो समय देखिएको बिदेशी हस्तक्षेपका मामिलाप्रति बिरोध जनाएको छन् ।

राप्रपा अधयक्ष थापाले चीन लगायतका राजदूतहरुको मुलुकका शक्तीकेन्द्रहरुसँगको भेटघाटतर्फ केन्द्रीत भएको संकेत देखिन्छ । अध्यक्ष थापाले केहीदिन अगाडी राजसँस्थाको बिषयमा पुनः छलफल गर्नुपर्ने धारणा राखेका थिए । 

उनको ट्वीटः १२ बुंदे र ६२/६३ को त्रुटिपूर्ण मार्गचित्रको परिणामस्वरुप नेपाल अन्तराष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्न सक्ने खतरावारे राप्रपाले १४ बर्षदेखि निरन्तर आवाज उठाउंदै आएको छ। दक्षिण, उत्तर र पश्चिम जहॉबाट भएपनि आन्तरिक मामिलामा हस्तक्षेप स्विकार्य हुंदैन।