पु.समाचार

नेकपा सचिवालय बैठकले गर्दैछ महत्वपुर्ण निर्णय

२० बैशाख काठमाडौं । पार्टीमा पछिल्लो समय बढेको बिबाद लगाएतकाको विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक आज फेरी बस्दै छ ।

पार्टीका अधयक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अन्य नेता कार्यकर्तासंग सल्लाह नै नगरी दुइओटा विद्येक ल्याएपछि नेकपाभित्र विवाद झाँगिदै गएको छ ।

उक्त बिबाद समाधानका लागि आज बैठक बोलाईएको नेकपा श्रोतले बताएको छ । यसअघि बुधबारको ३ घण्टा लामो बैठक बिना निस्कर्श टुंगिएपछि आज फेरी बैठकलाई निरन्तरता दिईने भएको हो ।

बुधबारको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल–माधव कुमार नेपाल समुहले ओलीललाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा दिन माग गरेका थिए र कोरोनापछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताब गरेका थिए ।