समाचार

धनराजको ओली प्रति व्यंग्यः कविताले ताप्लेजुङमा घर जलेकाको आँसु रोक्न सक्दैन

२० बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले ताप्लेजुङमा भएको आगालागी प्रति दुःख व्यक्त गरेका छन् ।

समाजिक सञ्जाल ट्वीट मार्फत नेता गुरुंङले ताप्लेजुङमा राति भीषण आगलागि भएको प्रति दुःख व्यक्त गर्दै अब आँसु खसाउनु पर्दैन भन्ने कविताले ताप्लेजुङमा घर जलेकाहरुको आँसु रोक्न नसक्ने भन्दै प्रधानमन्त्री ओली प्रति व्यंग्य गरेका छन्  ।

साथै नेता गुरुंङले ताप्लेजुङमा जिल्ला पार्टी सभापतिसंग फोन सम्पर्क गरेर तत्काल राहात तथा विपत ब्यबस्थापनको लागि अग्रसरता लिन अनुरोध गरेका छन् । उनले ट्वीटमा ताप्लेजुङमा आज राती आगलागी भएको तस्वीर समेत पोष्ट गरेका छन् । 

गएराति करिब ७ घण्टासम्म लागेको आगोले ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा ७ घर जलेर नष्ट भएका छन् । आगो करिब ७ घण्टापछी नियन्त्रणमा आएको थियो ।

उनको ट्वीटः ताप्लेजुङमा राति भीषण आगलागि १ अब आँसु खसाउनु पर्दैनू भन्ने कविताले घर जलेकाहरुको आँसु रोक्न सक्दैन । जिल्ला पार्टी सभापतिज्युसँग फोन सम्पर्क गरेर तत्काल राहात तथा विपत ब्यबस्थापनको लागि अग्रसरता लिन अनुरोध गरेको छु । जयनेपाल ।