खेलकुद

अर्काे वर्ष पनि ओलम्पिक आयोजना हुनेमा प्रधानमन्त्री आबेद्वारा अन्यौलताको संकेत

२० बैशाख काठमाडौं । कोरोनाका कारण स्थगीत टोकियो ओलम्पिक अर्काे बर्ष हुनेमा पनि अन्यौलता देखिएको छ । कोरोना भाईरस कोभिढ १९ को असर रहिरहे अर्काे वर्षपनि ओलम्पिक आयोजना गर्न कठिनाई हुने जापानी प्रधानमन्त्री सिन्जो आबेले संकेत गरेका छन् ।

ओलम्पिक आयोजनाको लागि भयमुक्त वातावरण हुनुपर्ने भएकाले कोरोनाको त्रास छिट्टै हट्ने सम्भावना कम रहेको पनि आबेले बताए । प्रधानमन्त्री आबे स्वयम्ले सरेको समयमा ओलम्पिक आयोजना कठिन भएको बताएपछि टोकियो ओलम्पिक फेरि अन्योलमा परेको छ ।

हालै मात्र ओलम्पिक आयोजक समितिका अध्यक्ष योसिरो मोरीले पनि सन् २०२० को अन्त्यसम्म कोरोना भाइरस नियन्त्रणमा नआए ओलम्पिक रद्द हुने बताएका थिए । मोरीको भनाइ आएको दुई दिनपछि मात्र जापानी प्रधानमन्त्री आबेले ओलम्पिक आयोजनाको विषयमा पुनः आशंका व्यक्त गरेका हुन् ।

यसअघि टोकियो ओलम्पिकको नियमित मिति यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म तारिखसम्म तय भएको थियो । कोरोनाका कारण ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म सारिएको थियो ।