मनोरञ्जन

अन्धकार रातमा चम्केको तारा गितको भिडियो सार्वजनिक

२० बैशाख काठमाडौं । अन्धकार रातमा चम्केको तारा बोलको गितको म्युजिक भिडियो कोरियामा रहदा निर्देशन गरेर नेपाल आएर सर्बजनिक गरे निर्देशक चेम्जोङले । कोरिया कै उत्कृष्ट तथा पर्यटकिय स्थल हरुमा सुटिङ गरेका उक्त गित कोरोना जस्तो विश्व महामारीको बेलामा सार्बजनिक गर्न परेर भने जस्तो चर्चा पाउन नसके पनि उत्कृष्ट म्युजिक भिडियो वनेको दावी गर्छन उनि लगायत सम्पुर्ण टिम ।

कोरियाको एक मात्र स्थापित र चर्चित निर्देशक हुन हाङ चेम्जोङ। आफ्नो कोरिया बस्ने दिन छोटिदै गर्दा उनले कोरिया कै अत्यन्त सुन्दर नगरी टापु जेजुदो लाई पनि आफ्नो निर्देशनमा अटाए र नेपाल आएर सार्बजनिक गरे उक्त भिडियो लाई ।कोरिया को सौल राजधानी बाट बाह्र सय किलोमीटर टाढा रहेको पर्यटकीय स्थल जेजुदोमा यो गित भन्दा अरु गितको भिडियो हरुमा उनले सुटिङ गरेका थिएनन् ।

त्यसैले यो गित नै पहिलो गित हो जेजुदोमा सुटिङ गराएका। जेजुदो अन्तर्राष्ट्रिय बिमानस्थल वरिपरि तथा सानो सानो आइस्ल्याण्ड र ठुलो ठुलो मनमोहक हरियो चौरीहरुमा अनि समुन्द्री किनारा हरुमा सुटिङ सम्पन्न गराएका थिए। कोरिया को राजधानी सौल बाट बाह्र सय किलोमीटर टाढा रहेको उक्त टापुमा सुटिङ सम्पन्न भैरहदा उनी यसपटक मख्ख थिए द्द दिन लगाएर सुटिङ गरेका थिए।

चर्चित गायिका मेलिना राई तथा नेपाल आइडलबाट चर्चित बनेका गायक प्रताब दास को आवाज मा रहेको उक्त गीतमा अरुना लावती र मनिजङ्ग राइको कास्ट रहेको छ। गितकार माङ्मु लोकधन ले लेखेका उक्त शब्दमा संगीतकार एरेञ्जर दिपक राज बिस्वकर्म ,क्यामेरा ड्रोन पाइलट तथा सम्पादन बिपि याम्फु , प्रड्युसर बिमन लिम्बू योङहाङ रहेका थिए । अलिक ढिला गरि बजारमा आएको उक्त भिडियो सबैले रुचाएको पनि बताउछन निर्देशक ।

गितको भिडियोः