पु.समाचार

जनताका आशाका केन्द्र डा खड्का कोरोना प्रभावित जिल्ला पुगे पीपीई/राहत लिएर जनताका घरघरमा

१९ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् संघीय साँसद डा नारायण खड्काले उदयपुरमा पीपीई लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । नेता खड्काका साथमा कलाकार हरिबंश आचार्य, आनि छोइङ डोल्मा समेतको सहभागिता रहेको थियो । डा खड्का उदयपुरको भूल्केमा आज स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न गएका थिए । भूल्के नेपालकै कोरोना संक्रमणको प्रभावित स्थान पर्दछ ।

त्रियुगा नगरप्रमुख बलदेव चौधरी र चौदण्डिगढि नगरपालिका प्रमुख खगेन्द्र राईले नगर क्षेत्र भित्र भएका प्रयास र समस्याको बिषयमा जानकारी गराएका थिए । यसै विच प्रतिनिधि सभा सदस्य डा. खड्काले कोरोना इपिसेन्टर त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के क्षेत्रमा पुगेर स्लथलगत अवलोकन गरेका छन् । उनले स्थानिय नागरिकहरु संग भुल्के क्षेत्रलाई शिल गरिए पछि उत्पन्न समस्याको बिषयमा जानकारी लिएका थिए, सो क्रममा स्थानियहरुले खाद्यन्नको चरम अभाव झेल्नु परेको, मुस्लीम समुदायको रमजान पर्व चलिरहदाँ खाद्य सामाग्री प्राप्त गर्न नसकेको, पिसिआर परिक्षणको दायरा बढाउनका लागि माग गरेका थिए ।

अहिलेको परिस्थितिमा यो सहयोगले जिल्लामा निकै ठुलो राहतको अर्थ राखेको हामी जिल्लाबासीले महशुस गरेका छौं भन्दै स्थानीयबासी डा खड्कासँग खुशी भएका थिए । पछिल्लो समय काँग्रेस नेता खड्का आफनो गृहजिल्लाका जनतासँग उदयपुरमै रमाउन थालेका छन् । देशभर कोरोना संक्रमणले लकडाउन रहेका बेला कुईन्टेलका कुईन्टेल चामल पनि राहतका रुपमा डा खड्काले बाँडीसकेका छन् ।