राजनीति

समस्यामा परेका मजदुरका लागि राहत प्याकेज ल्याउन सहमहामन्त्री डा महतको माग

१९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा प्रकाश शरण महतले बन्दाबन्दिकाका कारण दुःख र अभाव झेलिरहेका श्रमिक र आम जनताका कष्टहरु तत्काल सम्बोधन सरकारसँग माग गरेका छन् ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै कांग्रेस सहमहामन्त्री महतले यस्तो बताएका हुन् । कांग्रेस सहमहामन्त्री महतले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपालमा भन्नत मजदुरको अधिकारको नारामा बिश्वास गर्छु भन्ने पार्टीको शासन छ तर मजदुरहरु सबैभन्दा आर्थिक समस्याको मारमा छन र सवभन्दा ज्यादा सरकारी उदसिनाताको शिकार मजदुर र आम जनता भएका छन् ।’

कांग्रेस सहमहामन्त्री महतले सरकारलाई मजदुरका समस्या बुझेर समाधान गर्न तिर ध्यान दिन आग्रह पनि गरे। डाक्टर महतले मजदुरका समस्यबाट सरकार पन्छिन खोजेको भन्दै त्यस्तो नगर्न पनि सरकारलाई सुझाव दिए।