राजनीति

प्रधानमन्त्रीमाथी रवीन्द्रको टिप्पणीः दायीत्व पुरा गर्न नसकेपछि मान्छेले धम्की दिन्छ

१९ बैसाख, काठमाडौं । साझा पार्टीका संयोजक रवीनद्य्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली पतनको बाटोमा गएको दाबी गरेका छन् । उनले आज अन्तर्राष्ट्रिय मजदुर दिवशका अवशरमा प्रधानमन्त्री ओलीले दिएको सम्बोधनमा टिप्पणी गर्दै भनेका छन् ‘जसले सबै अनुकूलता भएर पनि आफ्नो दायित्व पुरा गर्न सक्दैन उसले आफ्नो अकर्मण्यतालाई ठूलो आवाजले छोप्न खोज्छ। तर्साउँछ। धम्की दिन्छ। अन्तत्वगत्वा, पतन हुन्छ। त्यो बुझ्न चाहिन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा सरकारको बिरोध गर्नेहरु, आफ्नै पार्टीका नेताहरु, प्रमुख प्रतिपक्षी दल, बिपक्षी दल, मिडिया लगायतका बिरुद्धमा खनिएपछि संयोजक मिश्रको उक्त टिप्पणी आएको हो । प्रधानमन्त्री ओली शनिबारको सचिवालय बैठकमा आफूलाई रक्षत्मक कसरी बनाउने भन्नेमा रहेका बेला आएको मजदुर दिवशको सम्बोधनमा आफूलाई बिरोध गर्नेहरुका बिरुद्ध खनिएपछि मिश्रका साथसाथै राजनीतिकबृतमा लगभग सबै उनका बिरुद्धमा उत्रिएका छन् ।

रवीन्द्रको ट्वीटः जसले सबै अनुकूलता भएर पनि आफ्नो दायित्व पुरा गर्न सक्दैन उसले आफ्नो अकर्मण्यतालाई ठूलो आवाजले छोप्न खोज्छ। तर्साउँछ। धम्की दिन्छ। अन्तत्वगत्वा, पतन हुन्छ। त्यो बुझ्न चाहिन्छ ।