समाचार

श्रमिकलाई पर्याप्त राहत दिएर जीवन रक्षा गर्न डा संग्रौलाको ध्यानाकर्षण

१९ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेकी केन्द्रिय सदस्य एवं सांसद डा.डिला संग्रौलाले श्रमिकलाई पर्याप्त राहत दिएर जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । अन्तराष्ट्रिय श्रमिक दिवशको अवसरमा विज्ञप्ति जारी गर्दै नेतृ संग्रौलाले मुलुकमा जारी लकडाउनका कारण दैनिक ज्यालादारी गरिखाने श्रमिक र मजदुरहको जिवन संकटमा परेको भन्दै तत्काल सरकारले सहजहुने व्यवस्था गर्नुपर्नेमा जोड दिएकी छिन् ।

साथै, उनले वैदेशिक रोजगारीको लागि विभिन्न देशमा गएका नेपाली श्रमिकहरू कोरोना भाइरसको संक्रमणबाट पीडित भएको सार्वजनिक भएकाले उनीहरूको उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेकी छिन् । नेतृ संग्रौलाले विदेशमा अलपत्र नेपाली श्रमिकलाई बस्ने र खाने व्यवस्था गरेर उचित समयमा उद्दार गर्न पनि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

विज्ञप्तिामा उनले नेपाली श्रम बजारमा अहिले ७१ लख आश्रित रहेको र त्यसमा पनि १५ लाख २३ हजारभन्दा धेरै श्रमिकहरू कृषिमा संलग्न रहेको उल्लेख गरेकी छिन् । यसै सन्दर्भमा अन्तर्राष्ट्रिय श्रम संगठनले एक खर्ब ६० करोड श्रमिकको रोजगारी कोरोना भाइरसको महामारीका कारण खोसिएको बताएको भन्दै नेपालको श्रम क्षेत्रमा पनि महामारीको गम्भीर असर परेको बताएकी छिन् ।

विज्ञप्तिको अन्त्यमा नेतृ संग्रौलाले श्रमिक वर्गको सम्मान गर्न र उनहरूको अधिकार स्थापित गर्ने अभियानमा साझा साथको आवश्यकतामा सबैलाई गम्भीर बन्न अनुरोध सहित सम्पूर्ण श्रमिक दिदी बहिनी तथा दाजुभाइहरु शुभकामना व्यक्त गरेकी छिन् ।

उनले विज्ञप्तिमा लेखेकी छिन्ः आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वको श्रमिक आन्दोलनका लागि एउटा ऐतिहासिक दिन । श्रमिकले लामो संघर्ष, त्याग र बलिदानबाट आफ्नो अधिकार स्थापित गर्न सफल भएको ऐतिहासिक दिनका अवसरमा सम्पूर्ण श्रमजीवी श्रमिकवर्गमा शुभकामना व्यक्ति गर्न चाहन्छु ।
१३१औँ अन्तर्राष्टिय श्रमिक दिवसको ऐतिहासिक सन्दर्भलाई स्मरण गर्दै अझै सशक्त र प्रभावकारी रूपमा अधिकारका लागि लड्न प्रेरित गर्ने आशापनि यस अवसरमा राखेकी छु । यस अवसरमा म केही ऐतिहासिकपक्षको स्मरण पनिगर्न चाहन्छु । १९औं शताब्दिको औद्योगिकीकरण सँगै यूरोपका उद्योगीले दैनिक १५ घण्टा सम्म न्यून पारिश्रमिकमा श्रम शोषण गरिरहे । त्यसविरुद्ध मजदुरहरुले सन् १८८६ मे १कादिन एकताबद्ध भएर आन्दोलनको उद्घोष गरे ।

समानता, उपयुक्त श्रमज्याला, बिदा तथा श्रम गर्ने वातावरणका निम्ति श्रमिकले गरेको यो महत्त्वपूर्ण र ऐतिहासिक आन्दोलनको प्रस्थान बिन्दु थियो । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि आवाज उठाउँदा त्यसको प्रभाव अमेरिकामा पनि पुग्यो । सिकागोमा श्रमिकको प्रदर्शन शुरू भयो । शान्तिपूर्ण आन्दोलनमा कयौँको ज्यान गयो । प्रतिवाद स्वरूप मे ४ माश्रमिकले बम विष्फोट गराए । उक्तप्रकरणमा प्रहरी सहित ७ जनाको ज्यान गयो ।

त्यसरी शुरू भएको श्रमिक अधिकारको आन्दोलन नेपालमा पनि चल्यो । वि.संं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको तथ्यलाई म आज स्मरण गर्न चाहन्छु । तत्कालीन राणाशासकले त्यो लामो आन्दोलनलाई निर्ममता पूर्वक दवाउने नीति अख्तियार गरेको थियो ।

जननायक बिपीकोइरा लासहित धेरै नेताहरुलाई पक्राउ गरे पनि नेपालमा प्रजातन्त्रको जगब साल्ने कार्यको उद्घोष भइसकेको थियो । विराटनगर मजदुर आन्दोलनको आधारशिलालाई टेकेर वि.सं. २००७मा नेपालमाप्रजातन्त्र स्थापनाभयो ।