पु.समाचार

श्रमिकको समस्या समाधानका लागि बलियो एकता आबस्यकः नेता विष्ट

१९ बैशाख काठमाडौं । पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकको समस्या समाधानका लागि सबैमा बलियो एकता  तत्परता आवस्यक रहेको बताएका छन् ।

नेता विष्टले सामाजिक सञ्जाल ट्वीटमार्फत अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै श्रमिकहरुका समस्याहरूको समाधान, सुनवाई र सम्बन्धित निकायको ध्यानाकर्षणको लागि श्रमजीवी दाजुभाई–दिदिबहिनीहरुमा बलियो एकता र तत्परता आवश्यक छ रहेको बताएका छन् ।

पुर्व रोजगार मन्त्री तथा नेकपाका नेता समेत रहेका नेता विष्टले आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, श्रमिकहरूको विजय र गौरवको दिन भएको भन्दै आफ्नो अधिकार प्राप्तीका लागि सजग बन्न सबै श्रमीक वर्गालाई आग्रह गरेका छन् ।

मन्त्री विष्टको ट्वीटः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, श्रमिकहरूको विजय र गौरवको दिन । श्रमिकहरुका समस्याहरूको समाधान, सुनवाई र सम्बन्धित निकायको ध्यानाकर्षणको लागि श्रमजीवी दाजुभाई-दिदिबहिनीहरुमा बलियो एकता र तत्परता आवश्यक छ । यसका लागि सजग बनौँ, श्रमिक दिवसको शुभकामना ।