राजनीति

बिश्व प्रकाशको आक्रोसःआफू अस्थिरता निम्त्याउने अनि मिडिया/सामाजिक संजाललाई धम्की

१९ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले पैदल घर गइरहंदा नभेटिएका श्रमिकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक दिवशका अवशरमा रंगीन कागजको फुल दिएको बताएका छन् । नेता शर्माले अस्थिरता आफू निम्त्याउने अनि संचार माध्यम र सामाजिक संजाललाई धम्कीको भाषामा दोष दोष दिने कार्य गरेको भन्दै कडा कटाक्ष गरेका छन् ।

नेता शर्माले मजदुर दिवशको अवशरमा शुभकामना समेत दिने क्रममा ब्यंग्य गर्दै प्रधानमन्त्रीलाई भने, ‘उहाँकै शैलीमा भन्नुपर्दा ‘तितेपाती गुलियो कहाँ हुन्छ, चिनिको मल हालेर !’ भनेका छन् ।

नेता शर्मा: “श्रमिक पैदल घर गइरहंदा नभेटिएका @PM_Nepal को श्रमिक दिवसको संदेश ‘रंगीन कागजको फुल’ !

अस्थिरता आफू निम्त्याउने अनि संचार माध्यम र सामाजिक संजाललाई दोष ‘अझ धम्कीको भाषा, उहाँकै शैलीमा भन्नुपर्दा ञतितेपाती गुलियो कहाँ हुन्छ, चिनिको मल हालेरझ !

सबैलाई मे दिवसको हार्दिक शुभकामना !”