खेलकुद

कोरोनाको कारण स्थगीत प्रिमियर लिग जुन दोस्रो साताबाट सुरु गर्ने तयारी

१९ बैशाख काठमाडौं । कोरोना भाईरसको कारणको स्थगित प्रिमियर लिग फुटबल जुन दोस्रो साताबाट सुचारु गर्ने तयारी गरिएको छ । प्रिमियर लिगले स्थगित लिग आगामी जुन ८ बाट सुचारु गर्ने तयारी गरेको टेलिग्राफले जनाएको छ ।

प्रिमियर लिग क्लबले शुक्रबार लिग सुचारुबारे छलफल गर्दै सुचारु मिति तयार गरेको बताईएको छ । यस्तै मे १८ बाट टिमको प्रशिक्षण सुरु गर्ने बताईएको छ । लिग सुचारुको मिति नजिकिदै गर्दा क्लबले खेलाडीलाई व्यक्तिगत प्रशिक्षणका लागि अनुमति दिईसकेको छ ।

आर्सनल, एभर्टन र वेस्ट ह्यामले खेलाडीलाई व्यक्तिगत प्रशिक्षणका लागि अनुमति दिईसकेको छ । कोरोनाको कारण लिग गत मार्चमा स्थगित गरिएको थियो । यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।

लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ । लिभरपुलले १९९० पछि प्रिमियर लिगको उपाधि जित्न सकेको छैन ।