राजनीति

स्वथ्यकर्मीसमेत रहेका काँग्रेस महामन्त्री डा कोईराला भन्छन्ः खोक्दा वा हाछ्यूं गर्दा छोप्नुस् (भिडियोसहित)

१८ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शसाँक कोईरालाले बिश्वब्यापी महामारी कोरोना भाईरस संक्रमणबाट बच्न केही उपायहरु दिएक छन् । चिकित्शक समेत रहेका डा कोईरालाले कोरोना भाइरसका कारण सिर्जित वर्तमान सङ्कटको अवस्थामा पार्टीगत र राजनीतिक स्वार्थभन्दा माथि उठेर एकताबद्ध ढङ्गले जनताको स्वास्थ्य र समस्या समाधानमा लाग्न सबैलाई अपिल गरेका छन्।

भिडियो सन्देश मार्फत् आज उनले सो भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहदा दैनिक ज्यालादारी गर्ने मजदुर, श्रमिक, निम्न आय भएका व्यक्ति, गर्भवती महिला र अन्य दीर्घ बिरामीले भोग्नुपरेका समस्याले आफूलाई चिन्तित बनाएको उल्लेख गरेका छन् ।

महामन्त्री डा कोइरालाले सिमानामा अड्केका तथा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा समेत व्यक्तिगतरूपमा र काँग्रेस पार्टीका तर्फबाट पटक–पटक सरकारलाई ध्यानाकर्षण गराएको अपिलमा जनाएका छन् ।

लाखौँलाख जनताको ज्यान जोखिममा भएको यस सङ्कटको बेला कुनै पनि विभाजनको रेखा कोर्नु मुर्खता मात्र होइन जनताप्रतिको धोकाधडी भएको बताउँदै उनले सङ्कटको समयमा अग्रभागमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट धन्यवाद दिएका छन् । “म आफैँ पनि चिकित्सक भएका नाताले उहाँहरुको काम कति चुनौतीपूर्ण छ भनेर बुझ्न सक्छु । त्यसैले यसमा स्वास्थ्यकर्मीलाई सहयोग र सम्मान गर्न सबैलाई आग्रह गर्दछु”, महामन्त्री डा कोइरालाले भनेका छन् ।

साथै उनले मुस्लिम समुदायको रमजान पर्वका अवसरमा शुभकामना दिँदै वर्तमान विषम परिस्थितिमा घरमै बसेर नमाज पढ्न र भीडभाड नगरिदन आग्रहसमेत गरेका छन् । भिडियो सन्देशमा उनले कारोना भाइरसको सङ्क्रमणका जोखिम र त्यसबाट बच्ने उपायका बारेमा जानकारी गराएका छन् ।
बुंदागत रुपमा डा कोईरालाले दिएका उपायहरु

१स्वाश प्रश्वासको माद्यमबाट सर्ने रोग भएकोले सामाजीक दूरी कायम गर्ने, भीडभाडमा नजाने, ६ फीट दूरी कायम वा खाटको लम्बाई जति

२ पैसा, टेबल, झाला बाट सर्ने भएकोले साबुन पानीले हात धुनु, खोक्दा वा हाछ्यूं गर्दा छोप्नुस्, अल्कोहल भएके स्यानिटाईजर प्रयोग, बाहिरबाट आएपछि २०सकेकेण्ड हातधुने, प्रयोग गरेपछि सामाग्री सुरक्षीत फाल्ने

३. भारत वा अन्य देश वा कोारेनाप्रभावित देशबाट आउनुभएकोमा तोकिएको क्वारेन्टाईनमा दुई हप्ता बस्नुस्, सुख्खा खोकी लागेमा, १००डिग्री बढी ज्वरो आएमा एकान्तबास बस्नुस्, गिलास, ओछ्यान, रुमाल, अन्य ब्यक्तीलाई प्रयोग गर्न नदिने, परिवारलाई कुनै हालतमा नभेट्ने, मखुख, नाक, कान नछुने

४ कुनैलक्षण नदेखिएपनि कोरोना भाईरस संक्रमणलागेको हुन सक्छ, प्रयोग गर्ने समाज, तौलिया आदि अरुलाई नदिने दिएमा धोएर

५ आफूलाई शारिरिक र मानशिक रुपमा चिन्ता लिन हुन्न सकृय रख्नुपर्छ, अनावश्यक चिन्ता नलिन र रोग प्रतिरोधक क्षमता बढाउने

६तोकिएको स्वास्थ्य चौकीमा सम्पर्क गर्ने, यस्ता जानकारीकालागि बिश्व स्वास्थ्य संगठन वा स्वास्थ्य मन्त्रालयलाई आधिकारिक मान्नुपर्दछ। । यस समयमा काँग्रेसले सरकारलाई सल्लाह दिईरहेको छ, यसबेला राजनीति भन्दा माथी उठ्नुपर्ने बताउँदै आफैं चिकित्शक भएकोले स्वास्थ्यकर्मीलाई सहयोग गर्न आग्रह गरेका छन् । डा कोईरालालले मुश्लीम समुदायलाई शुभकामना दिदै घरमै बसेरनमाज बढ्न आग्रह गरेका छन् ।