पु.समाचार

बस्नेत, श्रेष्ठ र खनालबिरुद्ध डा यादबले गरे मानब अधिकारमा मुद्धा दर्ता

१८ बैसाख, काठमाडौं । समाजबादी जनता दलका केन्द्रीय सदस्य डा सुरेन्द्र यादबले आज नेकपाका साँसद महेश बस्नेत, किशान श्रेष्ठ र पूर्ब आईजीपी सर्वेन्द्र खनाल बिरुद्ध मानबअधिकार आयोग ललितपुरमा उजुरी दिएका छन् ।

डा यादबले मानब अधिकार आयोगका सदस्यद्वय मोहना अन्सारी र प्रकाश वस्तीसँग मुद्धा दर्ता गराएका छन् ।

टेकु प्रहरी र सरकारी वकीलको कार्यालयले डा बाबुराम भट्टराई, उपेन्द्र यादबसहित गएर अपहरणको अभियोगमा दर्ता गर्नजाँदा अभियोग दर्ता गर्न उनीहरुले अस्वीकार गरेका थिए। आयोगका सदस्यहरुले छानविनगरी अगाडी बढ्ने बताएका थिए ।