पु.समाचार

बिल गेट्ससंगै नेता पौडेललाई जापानले उत्कृष्ट सम्मान गर्ने गर्यो निर्णय

१८ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जापान सरकार बाट पाउने उत्कृष्ट बिभुषण पाउनु हुने भएका छन् । जापान सरकारबाट उनले यति ठूलो बिभूषण पाउँदा न कतै हल्ला भयो न त कतै उनले पुरस्कार पाएकोभनेर पत्रपत्रिकामा नै छापियो ।

माननिय राम चन्द्र पौडेलसंगै बिदेशमा रहेर यो बिभुषणबाट बिभुषित हुने अर्का एकमात्र बिदेशी माइक्रोसफ्टका बिल गेट्स छन्। बिश्वका धनाढ्यमा दशकौं नाम लेखाउन सफल बिलगेट्स्ले पुरस्कार पाँउदा बरिष्ठ नेता पौडेललेमात्र पुरस्कार पाउनु केवल उनको लागिमात्रनभएर सिंगो नेपाली काँग्रेस अनिलोकतन्त्रका लागि नै गौरबहुनुपर्ने बिषय हो ।
नेता पौडेलले नेपाल र जापानको सम्बन्ध सुधारका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै पाएको सम्मानले मुलुककै लागि गौरवान्वित बनाएको छ । काँग्रेस बरिष्ठ नेता पौडेल आफू सभामुख भएकाबेला नेपाल जापान फ्रण्डसिप पार्लियमेन्ट्री गठन गरी नेपाल जापानको सम्बन्ध सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको हुनाले उनलाई उक्तपुरस्कारबाट सम्मानीत गरिएको दूतावासले जनाएको छ।

सन् १८७५ मास्थापना भएको उक्त पुरस्कार सरकारले समिति बनाएरयस बर्ष बरिष्ठ नेता पौडेललाई दिने निर्णय गरेको दूताबासले स्पष्टगरेको छ।