राजनीति

अध्यक्ष थापाको अपीलः राष्ट्रिय एकताको प्रतिक राजसंस्थामा सहमति कायम गरि अघि बढौं

१८ बैसाख, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले अब राष्ट्रिय सहमती कायम गर्दै राजसंस्थाको बिषयमा बहस गर्न सार्बजनिक आह्वान गरेका छन् ।

राजसंस्था गएको १४ बर्षको अभ्यासबाट पाठ सिकेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गर्नुपर्ने बेला आएको अध्यक्ष थापाको टिप्पणी छ ।

उनले गम्भीर हुँदै भनेका छन्, ‘पहिलेको व्यवस्था ठीक थियो भन्ने होईन तर त्यसमा क्रमिक सुधारगर्दै जानु उपयुक्त हुनेथियो। अब जे हुने भैसक्यो, पुरानो व्यवस्थामा फर्कने होईन, संभव पनि छैन ।’

अध्यक्ष थापाले ट्वीट गर्दै, ‘तितोलाग्न सक्छ, तर देशमा विद्यमान श्रृखंलावद्ध विकृतिको मुलकारक ‘कथित’आमुल परिवर्तनको नाममा हठात लादिएको जवाफदेहिता विहिन, अभिवावक विहिन र धरातलिय यथार्थ विपरितको व्यवस्थारप्रणाली हो ।’ भनेका छन् । उनले

अध्यक्ष थापको ट्वीटः तितोलाग्न सक्छ, तर देशमा विद्यमान श्रृखंलावद्ध विकृतिको मुलकारक ‘कथित’आमुल परिवर्तनको नाममा हठात लादिएको जवाफदेहिता विहिन, अभिवावक विहिन र धरातलिय यथार्थ विपरितको व्यवस्थारप्रणाली हो। पहिलेको व्यवस्था ठीक थियो भन्ने होईन तर त्यसमा क्रमिक सुधारगर्दै जानु उपयुक्त हुनेथियो। अब जे हुने भैसक्यो, पुरानो व्यवस्थामा फर्कने होईन, संभव पनि छैन। १४ बर्षको अभ्यासबाट पाठ सिकेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं। राष्ट्रिय सहमति कायम गरि अघि बढौं !!