पु.समाचार

सचिवालय बैठकले निर्णय गर्न सकेन, बोलाईयो २० गतेलाई

१७ बैसाख, काठमाडौं । नेकपा सचिवालयको बैठक भर्खरै सकिएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दहाल दुबैको अध्यक्षतामा अपरान्ह शुरु भएको बैठकमा सचिवालय सदस्यहरुले आआफ्ना कुराहरु राखेपनि निर्णय हुन सकेन । खास निर्णय हुन नसकेपछि बैठक २० गतेका लागि डाकिएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुपकमल दहाल, माधव नेपाल, झलनाथ खनालबीच पावर सेयरिगंका बिषयमा बिबाद भएपछि सचिवालयको बैठकको माग गरिँदै आएका थिए ।

प्रधानमन्त्री वा पार्टी अध्यक्ष तथा एक पद छाड् प्रधानमन्त्री ओलीलाई दबाब दिँईदै आईएको छ । दबाब दिए पनि पार्टीको सचिवालयबाट निर्णय गर्न उक्र बैठक डाकिएको सथयो । सबै सिनियर नेताहरु आफ्नो पक्षमा साँसद बनाउन लागि परिरहेका छन् ।