राजनीति

नेता गुरुङको ठोकुवाः प्रधानमन्त्रीको संलग्नतामा साँसद डा यादबको अपहरण भएकै हो

१७ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले समाजबादी जनता दलका केन्द्रीय सदस्य एबम् साँसद डा सुरेन्द्र यादब कुनैपनि हालतमा अपहरणमा परेको र उनको अपहरणमा प्रधानमन्त्री केपी शर्मा ओली संलग्न रहेको बताएका छन् । नेता गुरुङले आज केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेस बैठकमा आफ्ना बिचारहरु राख्ने क्रममा सांसद डाक्टर यादबसँग तराईबाट काठमाडौं बाटोमा आउँदा आउँदै प्रधानमन्त्री स्वयम्ले फोनमा किन कुरा गरेको हो ? भन्ने प्रश्न गर्दै यसबाट अपहरण काण्डमा बालुवाटारको संलग्न भएको पुष्टी भएको जिकिर गरेका छन् ।

नेता गुरुङले तीन बुंदे कुराहरु राख्ने क्रममा लकडाउन कोरोना नियन्त्रणको लागि भएपनि लकडाउनको जगमा उभिएर सरकार वाक स्वतन्त्रतामाथि नै प्रहार गरिरहेको जिकिर गरेका छन् । उनले रेडियो नेपाललाई सरकारको मुखपत्र बनाउने र यो वाक स्वतन्त्र खोस्दै प्रजातन्त्र समाप्त पार्ने खेलमा सरकार देखिएको बताएका छन् ।

नेता गुरुङले संसदीय पद्वतिमा सत्ता पक्ष अलोकप्रिय बनेको वेला प्रतिपक्ष लोकप्रिय भए मात्रै संसदीय पद्धति रहन्छ भनदै सत्ता पक्ष अलोकप्रिय हुँदा प्रति पक्ष पनि अलोकप्रिय बन्यो भने संसदीय पद्धति नै खतरामा पर्छ भन्ने टिप्पणी गरेका छन् ।

केन्द्रीय समिति बैठकमा नेता गुरुङले राखेका विचार जस्ताको तस्तैः
१)माननीय डा.सुरेन्द्र यादब नाबालक थिएनन्। माननीय यादबको मानसिक सन्तुलन पनि गुमेको थिएन। उनी एक कल फोनले पनि त काठमाण्डौं आउन सक्थे नि। तर उनलाई दलबलका साथ लिन किन जानु परेको हो, के डाक्टर यादबलाई मधेशबाट साथै लिएर आएकाहरु मावली गएका थिए? ससुराली गएका थिए? कि वनभोज खान गएका थिए? त्यसैले डा. यादब स्वइच्छाले काठमाण्डौं आएको हुँदै होईन। यसलाई अपहरण नभनेर के भन्ने हो ? अनि सांसद डाक्टर यादबसँग बाटोमा आउँदा आउँदै प्र.म. स्वयम्ले फोनमा किन कुरा गरेको हो ? यसबाट अपहरण काण्डमा बालुवाटारको संलग्न भएको देखिन्छ। त्यसैले अब प्र.म.ले पदमा बसिरहने नैतिक अधिकार गुमाई सक्यो।’

२) लकडाउन कोरोना नियन्त्रणको लागि हो। तर लकडाउनको जगमा उभिएर सरकार वाक स्वतन्त्रतामाथि नै प्रहार गरिरहेको छ। सामाजिक संजालमा भ्रष्टाचारको बिरोध गर्ने र सरकारको नालायक कार्यको टिकाटिप्पणी गर्नेलाई पक्राउ गर्ने। रेडियो नेपाललाई सरकारको मुखपत्र बनाउने। यो वाक स्वतन्त्र खोसेको होइन र? वाक स्वतन्त्रता विना प्रजातन्त्ररलोकतन्त्र रहँदैन।

३) संसदीय पद्वतिमा सत्ता पक्ष अलोकप्रिय बनेको वेला प्रतिपक्ष लोकप्रिय भए मात्रै संसदीय पद्धति रहन्छ। तर सत्ता पक्ष अलोकप्रिय हुँदा प्रति पक्ष पनि अलोकप्रिय बन्यो भने संसदीय पद्धति नै खतरामा पर्छ। कतै मुलुक त्यहि बाटो तर्फ त जाँदै छैन? हामी प्रति पक्ष गम्भीर हुनै पर्छ।

-केन्द्रीय समिति बैठकमा नेताहरु आफ्ना कुरा राख्ने क्रममा