राजनीति

संयोजक मिश्रको प्रधानमन्त्री ओलीतिर ब्यंग्यः ‘रिठ्ठाको बोट रोपेर कहाँ फल्छ र कागति!

१७ बैसाख, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले रिठ्ठाको बोट रोपेर कहाँ फल्छ र कागति भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीतिर ब्यंगय गरेका छन् । उनले ट्वीट गर्दै अरु देशमा प्रधानमन्त्री हरेक मिनेट कोरोनाबाट जनतालाई कसरी बचाउने भनेर लागिरहे को स्मरण गराउँदै नेपालका प्रधानमन्त्ती भने आफ्नै पार्टी फुटाउन कसरी सकिन्छ भन्ने ध्यानमा रहेको बताएका छन् ।

संयोजक मिश्रले प्रधानमन्त्री ओलीले आफ्नै घरमा आगो लगाई अरूलाई सिध्याएर आफूचाहिँ कसरी बाँच्ने भनेर‘दुई/तिहाई’ समय खर्च गरिरहेको आरोप लगाएक छन् ।

उनको ट्वीटः अरू देशका प्रधानमन्त्री हरेक मिनेट कोरोनाबाट जनतालाई कसरी बचाउने भनेर लागिरहेछन्। मेरो देशका प्रधानमन्त्री कहिले अरूको घर कसरी भाँड्ने, कहिले आफ्नै घरमा आगो लगाई अरूलाई सिध्याएर आफूचाहिँ कसरी बाँच्ने भनेर ‘दुई/तिहाई’ समय खर्च गरिरहेका छन्। ‘रिठ्ठाको बोट रोपेर कहाँ फल्छ र कागति!’