अन्तर्राष्ट्रिय

रहेनन् बलिउड अभिनेता ईरफानः ५४ बर्षको उमेरमा निधन

१७ बैशाख काठमाडौं । बलिउड अभिनेता इरफान खानको मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको छ  । ५४ वर्षीय खानको बुधबार बिहान निधन भएको हो।

उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए । खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो । गत शनिबार उनकी आमाको निधन भएको थियो । उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन् ।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको थियो ।

खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए ।