साहित्य

आमा !

डा. वीरेन्द्र के सी                                                                      – कविता

                                                                                                                               

प्रियाले भन्छिन मेरो ज्यान उनको त्यो माया जान्दछु
मेरो यो शरीर मेरै हो भन्ने पनि म मान्दछु
माने नि यो ज्यान उनको हो भनी ईश्वर स्वयंले
मेरा हर अङ्ग आमाकै अंश सत्य त्यो ठान्दछु

बाबाले जस्तो हार्दा नि साथ छोराले दिदैनन्
पत्नीले जस्तो लागेको घाउ पतिले धुदैनन्
हजारौ भिडले जितेको वेला जयजय गाय नि
आमाले जस्तो निःश्वार्थ माया दिने कोही हुदैनन्

सुखको सहर छ आकाशपारि स्वर्गको नाउमा
भनेर मानिस त्यहि पुग्न खोज्छन ईश्वरको गाउँमा
पुगे नि त्यहाँ बादलभित्र खुशी त्यहाँ पाइन्न
खुशी त यहि मिल्दछ आमा—बाबाका पाउमा

हाँस्दा साथ हाँस्ने सबैले रुदा यी आखा छुदैनन्
मरेर जादा छोरीझै छोरा पिरमा हुदैनन्
रुन त रोलान् दाजुभाईहरु चिताछेउ एक छिन
जिवनभर सम्झी आमाको जस्तो वावा नै रुदैनन्

( दाङमा जन्मिएका डा के सी हाल न्युजिल्याण्डमा बस्दछन् । )