आर्थिक

सेन्चुरी बैंकले गर्यो २० थान पीपीई सहयोग

१७ बैशाख काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान PPE सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले उपरोक्त एएभ् रुकुमका श्रीकुमार कठायतलाई हस्तान्तरण गरेका हुन ।

साथै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले COVID-19 को रोकथामको लागी प्रत्येक प्रदेश सरकारलाई पाँच पाँच लाख र संघिय सरकारलाई पचास लाख गरि कुल पचासी लाख प्रदान गरिसकेको छ । बैंक सम्बन्धित अन्य जानकारीको लागि www.centurybank.com.np हेर्न बैंकले अनुरोध गरेको छ ।