पु.समाचार

एकै दिन थपिए तीन कोरोना संक्रमीतः नेपालमा संक्रमीतको संख्या ५७ पुग्यो

१७ बैशाख काठमाडौं । बारा र पर्सामा गरेर थप तीन जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाको संख्या ५७ पुगेको छ ।

जसमा १६ जना निको भईसकेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा गरिएको परिक्षणमा आज एकैदिन थप तीन जनामा कोरोना पुष्टि भएको छ । संक्रमीत जितपुर सिमरा नगरपालीकाका ४३ वर्ष, सिम्रौनगढका ३१ वर्षका पुरुष र छपकैयाका ४६ वर्षका पुरुष रहेको बताईएको छ ।

संक्रमीत तिनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर र्फसकएका थिए । आइतबार वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरु मध्ये वीरगञ्ज उनीको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको खोजी गर्ने क्रममा छपकैयाका ४६ वर्षका पुरुषलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो । उनको रिपोर्ट पोजेटिभ भएको आएको छ । १६ का एक जना दिल्लीको धार्मिक सभामा सहभागी भएका थिए ।