सामाजिक सञ्जाल

भीम उपाध्यायको प्रश्नः प्रधानमन्त्री लेख्ने अधिकार कुण्ठित गर्ने पक्षमा छन्, नेकपाको धारणा के ?

१७ बैसाख, काठमाडौं । पूर्व सचिव भिम उपाध्यायले प्रधानमन्त्री ओली सामाजिक संजालमा लेख्ने अधिकार कुण्ठित गर्ने पक्षमा रहेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राखेपछि पक्राउ परेर २५ हजार धरौटिमा मंगलबार छुटेका उपाध्याले नेकपाको धारणा के ? भनेर प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत उनले सवा करोड जनताले आफ्नो मनको कुरा सोसल मिडियामा अभिव्यक्ति गर्ने भन्दै नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली यो अधिकार कुण्ठित गर्ने पक्षमा देखिएको बताएका छन् ।

पुर्व सचिव उपाध्यायले सम्पूर्ण नेकपा दलका ठूला नेताहरूको प्रतिनिधित्व के अध्यक्ष ओलीले गरेकै हुन् त ? भन्ने प्रश्न गर्दै यसमा नेकपाको स्ट्याण्ड के हो ? विज्ञप्ति जारी होस् भनेका छन् ।

 

उनको ट्वीटः सवा करोड नेपालीले आफ्ना मनको कुरा सोसल मिडियामा अभिब्यक्ति गर्ने गर्छन् । नेकपाका अध्यक्ष प्रम ओली यो अधिकार कुण्ठित गर्ने पक्षमा देखिएका छन् । सम्पूर्ण नेकपा दलका सम्पूर्ण ठूला नेताहरूको प्रतिनिधित्व के अध्यक्ष ओलीले गरेकै हुन् त ? यसमा नेकपाको स्ट्याण्ड के हो ? विज्ञप्ति जारी होस् ।