पु.समाचार

काँग्रेस बैठक आज बस्ने, कोरोना नियन्त्रण, रोकथामका बिषयमा महत्वपूर्ण छलफल हुने

१७ बैसाख, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो बस्ने भएको छ । कोरोना संक्रमण माहामारीमा सरकारले नियन्त्रण, रोकथाम र उपचारमा सरकार र काँग्रेसको भूमिकाका बिषयमा बढी छलफल हुने बताईन्छ ।
बैठकमा लकडाउनपछि दैनिक ज्याला मजदुरी गर्ने र निम्न आर्थिकस्तर भएका समुदायमा परेको प्रभाव, राहतको व्यवस्था, विदेशमा अप्ठ्यारोमा रहेका नेपालीको उद्धारलगायत पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत छलफल हुने बताइएको छ ।
कोरोना रोकथामका लागि गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन लागू भएपछि काँग्रेसको केन्द्रीय समिति बैठक पहिलोपटक बस्न लागेको हो । काँग्रेसको पार्टी पदाधिकारी बैठक भने यस अवधिमा तीनपटक बसिसकेको छ ।