प्रवास

भारतमा एकै परिवारका आठ नेपालीले जिते कोरोनाः पाए नयाँ जिवन

१७ बैशाख काठमाडौं । भारतमा बस्दै आएका एक नेपाली परिवारका आठ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमीत एकै परिवारका आठ जना  उपचारपछि निको भएर घर फर्किएका छन् ।

उपचारपछि कोरोनालाई जित्दै आठ जना नेपालीले भारतमा नयाँ जिवन पाएका छन् । बीबीसी नेपालीका अनुसार घर मुली, उनकी श्रिमती, दुई छोरी, तीन भाई र एक भतिजामा कोरोना संक्रमण देखिएको थियो ।

अछामको चैरपाटी घर भइ भारतको मुम्बइमा बस्दै आएको नेपाली परिवारका आठ सदस्यमा गत महिना कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरु झण्डै साढे तीन साताको अस्पताल बसाइँपछि उनीहरु मुम्बईस्थित घरमा फर्किएर आराम गरिरहेका छन् ।