लुम्बिनी

बर्दियामा नियमित खोप सेवा शुरु

धम्बोझी, १७ वैैशाख । कोरोना भाइरसको त्रासका बीच बर्दियामा बालबालिकाका लागि नियमित खोप सेवा शुरु गरिएको छ । अत्यावश्यक तथा आधारभूत स्वास्थ्य सेवा रोक्न नमिल्ने भएका कारण सुरक्षा उपाय अवलम्बन गरी खोप प्रदान गरिएको कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिएका छन् ।

कार्यालयका अनुसार हालसम्म १३४ बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनानुसार जिल्ला जनस्वास्थ्य कार्यालयले यहाँका आठै स्थानीय तहमा नियमित खोप सेवा शुरु गरेको हो । यही वैशाख १९ गतेसम्म खोप सञ्चालन गरिने कार्यालयले जनाएको छ ।