पु.समाचार

पार्टीको आन्तरिक विवादबारे छलफल गर्न नेकपाको सचिवालय बैठक आज बस्दै

१७ बैशाख काठमाडौं । पार्टीमा पछिल्लो पटक देखिएको आन्तरिक विवाद र स्थायी कमिटीको बैठक बोलाउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।

मंगलबार पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुस्पकमल दाहाल प्रचण्डबीचको छलफल सकारात्मक भएपछि आजका लागी सचिवालय बैठक बोलाईएको हो  । अस्तिदेखि सचिवालय बैठक बस्ने भनिएपनि नेताहरु गुटगत छलफलमा व्यस्त भएपछि बैठक अनिश्चित बनेको थियो।

पार्टीका अध्यक्ष एवं प्रानमन्त्री केपीशर्मा ओलीले बैशाख ८ गते पार्टीसंगै सल्लाह नगरी दुईवटा विधेक ल्याएपछि नेकपा विवादको भुमरीमा फसेको छ । बैठक आज बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिएका छन् ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्ष ओलीबाट कम्तीमा पनि प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद खोस्ने रणनीतिमा छन् । तर ओलीपक्ष भने माधव नेपाल समूहलाई फकाएर अघि बढ्न लागिपरेको छ । त्यसो नहुँदा संसदीय दलमा बहुमत पुर्याउने कसरत पनि ओली पक्षले गरिरहेको छ ।